२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

यमन सीमाक्षेत्रमा हेलिकोप्टर दुर्घटना, साउदी अरबका दुई पाइलटको मृत्यु

आइतवार, कार्तिक २ २०८३०४:३०

काठमाडौं । यमनमा हुथी विद्रोहीसँग तनाव बढिरहेका बेला हेलिकोप्टर दुर्घटनामा साउदी अरबका दुई पाइलटको मृत्यु भएको छ।

बीबीसी अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार प्राविधिक खराबीका कारण एक टोही हेलिकोप्टर यमनको सीमाक्षेत्रनजिक दुर्घटनाग्रस्त भएको जनाएको छ।

हुथी विद्रोहीसँग तनाव बढेपछि साउदी अरबले आफ्ना सैन्य कर्मचारीको मृत्यु भएको जानकारी सार्वजनिक गरेको यो पहिलो घटना हो।

यसैबीच, आइतबार बिहान अन्सार अल्लाह समूहसँग सम्बन्धित यमनी सशस्त्र बलका प्रवक्ता याह्या सरीले साउदी अरबमा निर्मित ‘कारयाल’ प्रकारको सशस्त्र टोही विमान खसालेको दाबी गरेका छन्।

उनका अनुसार पछिल्लो समय तनाव बढेपछि यस प्रकारको खसालिएको यो चौथो विमान हो। यमनी हवाई क्षेत्रमा प्रवेश गरेदेखि खसालिएका विमानको संख्या सात पुगेको पनि उनले दाबी गरेका छन्।

समाचार संस्था एएफपीका अनुसार आइतबार बिहानै साउदी अरबको राजधानी रियादका बासिन्दाले मोबाइल फोनमा ‘हवाई खतरा’ सम्बन्धी चेतावनी प्राप्त गरेका थिए। यद्यपि, अधिकारीहरूले केही मिनेटपछि नै उक्त चेतावनी हटाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij