Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

मोदी सरकारले चिड्याएपछि भारतसँग नेपाल र नेपाली टाढिए : भारतीय कांग्रेस नेता अहमद

admin

नयाँ दिल्ली, पुस ३ ।

भारतको विपक्षी दल कांग्रेस आइका वरिष्ठ नेता शकील अहमदले मोदी सरकारको अहंकारका कारण भारतसँग नेपाल र नेपाली जनता टाढिएको भन्ने आरोप लगाएका छन् ।

नेपालमा हालै १०० रुपैयाँभन्दा ठूला दरका भारतीय नोटमा लगाइएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले यसमा मोदी सरकारकै अहंकार नै मुख्य जिम्मेवार रहेको बताए । सोमबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भारत सरकारका अहंकारका कारण नेपालले भारतीय नोटमा प्रतिबन्ध लगाएको हो, यसको समाधानका लागि तत्काल सरकारले पहल गर्न आवश्यक छ ।’

पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका अहमदले ठूला दरका भारतीय नोटमाथि नेपालले लगाएको प्रतिबन्धका कारण सीमा क्षेत्रका नागरिकलाई समस्या भएको जनाए । ‘केन्द्र सरकारको अपरिपक्वता र कुटनीतिक क्षेत्रको खराब सोचका कारण छिमेकी मुलुक नेपालसँग हाम्रो सम्बन्धमा तनाब आएको छ,’ उनले भने, ‘केन्द्र सरकारले नेपाल र नेपाली जनतालाई लगातार चिढ्याएको छ ।’

यसको सुरुवात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणबाट भएको उनले जनाए । सोही भ्रमणका बारेमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘प्रधानमन्त्री मोदीबाट नेपालमा रहेका भारतीयहरुलाई सम्बोधन भएको’ अभिव्यक्ति दिएपछि नेपाली जनताको मन दुखेको उनको भनाइ रहेको छ । नेपालमा यसबारे विरोध प्रदर्शन भए पनि मोदी सरकारको अहंकारका कारण नेपाली जनताद्वारा गरिएको विरोध प्रदर्शनलाई ध्यान नदिइएको आरोप समेत उनले लगाए ।

उनले भने, ‘इतिहास हेर्ने हो भने नेपाल कहिल्यै पनि भारतको हिस्सा थिएन, परम्परा र संस्कृति एकै खालको भए पनि नेपालका मधेसी समुदाय सदियौदेखि नेपाली नागरीक नै हुन् ।’

मतमुटाव बढ्दै जाँदा अहिले नेपालमा भारतीय नोटमाथि प्रतिबन्ध लगाइएको अहमदले जनाए ।
(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको