Logo
02 Feb 2026    २० माघ २०८२, सोमबार

ताजा खबर

घुससहित रंगेहात पक्राउ परे विमानस्थलको भन्सार शाखाका तीन कर्मचारी तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ? नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार शिव आराधनाको महत्त्व : अर्धनारीश्वर पूजा, मन्त्र जप र व्रतले मिल्छ सुख–शान्ति युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

रवि लामिछाने अस्पतालमा भर्ना: सामाजिक सञ्जालमा देखिएका फोटोहरू नक्कली

Reporter

काठमाण्डौ, माघ १३ – रास्वपा सभापति रवि लामिछाने अस्पतालमा भर्ना भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको छ, तर अस्पतालले केही फोटोहरू नक्कली भएको स्पष्ट पारेको छ।

सभापति लामिछाने मंगलबार त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि फेसबुक लगायतका सामाजिक सञ्जालमा उनका अस्पतालको शैय्यामा बसेको देखिने फोटोहरू फैलिएका थिए। तर अस्पतालका प्रवक्ता गोपाल सेडाईंले ती फोटोहरू यस अस्पतालमा लिइएका नभएको बताए।

अस्पतालले सभापति लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएको छ। अस्पतालका अनुसार, “माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेका तथा औषधि सेवन गर्दा पनि सहज नहुने कारण सेलुलाइटिस भएको थियो। त्यसैले २०८२/१०/१३ गते हाडजोर्नी विभागअन्तर्गत भर्ना हुनुभयो र नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ।”

यस अनुसार सामाजिक सञ्जालमा फैलिएका एआई वा सम्पादन गरिएका फोटोहरू भ्रमपूर्ण रहेको देखिन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको