काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अचानक उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ, जुन इतिहासकै उच्च मूल्य हो।
बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेर ७ हजार ५०५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो।
यस बढ्दो मूल्यले उपभोक्ता तथा लगानीकर्तामा चासो र उत्सुकता दुवै बढाएको छ।
लोकप्रिय समाचार

