Logo
02 Feb 2026    २० माघ २०८२, सोमबार

ताजा खबर

घुससहित रंगेहात पक्राउ परे विमानस्थलको भन्सार शाखाका तीन कर्मचारी तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ? नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार शिव आराधनाको महत्त्व : अर्धनारीश्वर पूजा, मन्त्र जप र व्रतले मिल्छ सुख–शान्ति युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

Reporter

प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छिन् ।

सहिद दिवसका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेन जेड आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।”

प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिएकी छिन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको