Logo
02 Feb 2026    २० माघ २०८२, सोमबार

ताजा खबर

घुससहित रंगेहात पक्राउ परे विमानस्थलको भन्सार शाखाका तीन कर्मचारी तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ? नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार शिव आराधनाको महत्त्व : अर्धनारीश्वर पूजा, मन्त्र जप र व्रतले मिल्छ सुख–शान्ति युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

बास बस्ने भनिएको होटेल र कोठा नम्बर नै सार्वजनिक भएपछि बालेन रातारात हिँडे

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)ले सुदूरपश्चिम भ्रमण लगभग टुङ्ग्याएका छन्। बुधवारदेखि सुदूरपश्चिम भ्रमणमा रहेका बालेन शुक्रबार अछामबाट कर्णाली प्रदेश प्रवेश गर्दैछन्।

यस क्रममा बिहीबार साँझ उनी डोटी पुगेका थिए। डोटीको दिपायलमा उनी राति बास बस्ने कार्यक्रम तय भएको थियो। रास्वपाका स्थानीय नेताहरूले दिपायलस्थित वर्षा होटेलमा उनको बास बस्ने प्रबन्ध मिलाएका थिए।

तर, न वर्षा होटेलमा बसे, न दिपायलमा नै। उनी त्यहाँबाट रातारात हिँडेर डोटीको जिल्ला सदरमुकाम सिलगढी पुगेका थिए। उनी त्यहीँ बास बसेर शुक्रबार बिहानै अछामतर्फ हिँडेका थिए ।

बालेन निकट स्रोतका अनुसार बालेन दिपायलमा बास नबस्नुको कारण पहिल्यै उनी बस्ने होटेल र कोठाको विवरण सार्वजनिक हुनु हो । बालेन दिपायल पुग्नुअघि नै सामाजिक सञ्जालमा उनी वर्षा होटेलको कोठा नम्बर ३०४ मा बस्ने व्यवस्था मिलाइएको कुरा सार्वजनिक भएको थियो।

यसरी आफू बस्ने होटेल र कोठाको विवरण पहिल्यै सार्वजनिक भएपछि बालेन दिपायलमा बस्न नचाहेको स्थानीय एक नेताले बताए। त्यसपछि उनी आफैले राति नै सिलगढीस्थित शैलेश्वरी गेस्ट हाउसमा बस्ने गरी प्रबन्ध मिलाएर हिँडेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको