Logo
02 Feb 2026    २० माघ २०८२, सोमबार

ताजा खबर

घुससहित रंगेहात पक्राउ परे विमानस्थलको भन्सार शाखाका तीन कर्मचारी तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ? नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार शिव आराधनाको महत्त्व : अर्धनारीश्वर पूजा, मन्त्र जप र व्रतले मिल्छ सुख–शान्ति युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

Reporter

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न गरी उनी माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन् । उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको