नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ १८) तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।
शुक्रबार (माघ १६) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आजको मूल्य प्रतितोला तीन लाख रुपैयाँ छ ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सात हजार ६५ रुपैयाँ थियो ।
लोकप्रिय समाचार

