कोलम्बो, श्रीलंका – निकिला मिडिया नेटवर्क र यस यम पि प्रा.लि.को आयोजनामा तेस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२६ श्रीलंकाको राजधानी कोलम्बोमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालसहित विभिन्न देशका विशिष्ट योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
यसअघि उक्त अवार्डको पहिलो संस्करण थाइल्याण्डको बैंकक र दोस्रो संस्करण इन्डोनेशियाको बालीमा आयोजना गरिएको थियो। तेस्रो संस्करणको रुपमा श्रीलंकामा आयोजित समारोहले अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा र योगदानको सम्मान गर्ने उद्देश्यलाई निरन्तरता दिएको बताइएको छ।
समारोहमा नेपालबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरू सम्मानित भएका छन्।
-
वरिष्ठ शिक्षा सेवि ललिता प्रसाई – शिक्षा सम्मान
-
वरिष्ठ गायक सीताराम पोखरेल – कर्णप्रिय स्वर सम्मान
-
वरिष्ठ अभिनेता पुरुषोत्तम आचार्य – उत्कृष्ट कला सम्मान
-
नेपालका कान्छा मेयर विध्यानन्द चौधरी – उत्कृष्ट स्थानीय राजनीतिज्ञ सम्मान
-
सामाजिक अभियन्ता तथा राजनीतिज्ञ खुश्बु ओली – समाज सेवा सम्मान
-
रीता देवी कट्टेल, रमेश आचार्य – विशेष सम्मान
-
युवा व्यवसायी गोपाल खड्का – युवा व्यवसायी सम्मान
-
मोडल तथा ब्युटिसियन मन्जु थापा – मोडल तथा सौन्दर्य सम्मान
कार्यक्रममा योगदान गर्ने ज्योती भट्टराई, लक्ष्मी केसी, रमा पोखरेल लगायतलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
समारोहमा विभिन्न देशका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो भने पर्यटन व्यवसायी यडि टार्सिसियोस को उपस्थितिले कार्यक्रमलाई थप अन्तर्राष्ट्रिय स्वरूप दिएको बताइएको छ।
निकिला मिडिया नेटवर्कका अनुसार, नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गर्नुको मुख्य उद्देश्य उनीहरूको योगदानको कदर गर्नुका साथै विश्व स्तरमा पहिचान दिलाउनु हो।
कार्यक्रमको अध्यक्षता अभिनेता तथा नायक श्रीदेव भट्टराई ले गरेका थिए। समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–श्रीलंका कला, संस्कृति र पर्यटन सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले भने, “यो अवार्ड समारोहले प्रतिभाको सम्मानसँगै दुई देशबीचको मित्रता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको छ।”
कार्यक्रमको सञ्चालन निर्देशक सोनित राज ढुङ्गेल ले गरेका थिए। उनको प्रवाहपूर्ण प्रस्तुतीले समारोहलाई थप प्रभावशाली बनाएको बताइएको छ।
उक्त समारोह श्रीलंका स्थित नेपाली राजदूत महामहिम पूर्णबहादुर नेपाली को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मेलनहरूमा नेपाल–श्रीलंका कूटनीतिक तथा सांस्कृतिक सहभागिता देखिनु सामान्य अभ्यासका रूपमा विकसित हुँदै आएको छ।

