२०८३, कार्तिक ३ गते

सोमवार, कार्तिक ३ गते २०८३

करदाता प्रोत्साहन उपहारमा सन्तमायाले जितिन् १० लाख रुपैयाँ

आइतवार, कार्तिक २ २०८३०१:२६

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ ।

आइतबार काठमाडौंको न्युरोडस्थित विशाल बजार परिसरमा आयोजित कार्यक्रममा दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो ।

कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको पुरस्कार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । उनले एसएस फेन्सी हाउसबाट तीन हजार रुपैयाँको सामान खरिद गरेकी थिइन् ।

पुरस्कार विजेता तामाङलाई कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले फोन गरेर पुरस्कार जितेको जानकारी गराएका थिए ।

त्यस्तै, कार्यक्रममा अन्य १६ जनाले जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij