काठमाडौं । नेपालीको महान् पर्व बडादसैँअन्तर्गत महाअष्टमीका दिन आइतबार पनि काठमाडौं उपत्यकाबाट घर फर्कने यात्रुको चाप देखिएको छ ।
महाअष्टमीका दिन नयाँ बसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा घर फर्कने यात्रुको चाप देखिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि हालसम्म चार लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
उनले महाअष्टमीको दिन बिहान उपत्यकाबाट बाहिरिने सवारीसाधनको चाप बढी देखिए पनि त्यसपछि क्रमशः कम हुँदै गएको जानकारी दिए ।
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चापसमेत घट्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस