२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय

मंगलवार, मंसिर ९ २०८३०५:०९

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फाराम भर्ने म्याद १५ दिन थप गरेको छ।

कार्यालयले मंगलबार दोस्रोपटक सूचना जारी गर्दै कक्षा १० मा अध्ययनरत परीक्षार्थीका लागि आवेदन फाराम भर्ने तथा भराउने समयावधि थप गरिएको जनाएको हो।

यसअघि कात्तिक ९ गते जारी सूचनाअनुसार मंगलबारसम्म आवेदन फाराम भर्ने समय तोकिएको थियो। तर दसैँ, तिहार तथा छठ पर्वका कारण उपलब्ध समय अपुग भएको भन्दै विभिन्न विद्यालयले म्याद थप गर्न माग गरेपछि समयावधि बढाइएको कार्यालयले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार आवेदन फाराम भर्ने, राजस्व बुझाउनेलगायतका सम्पूर्ण प्रक्रिया पूरा गर्ने अन्तिम म्याद मंसिर २५ गतेसम्म कायम गरिएको छ।

कार्यालयले सम्बन्धित विद्यालय तथा परीक्षार्थीलाई थपिएको समयभित्रै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij