२०८३, मंसिर १२ गते

शुक्रवार, मंसिर १२ गते २०८३

पशुपतिनगरबाट १६ लाख ५३ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

बिहिवार, मंसिर ११ २०८३१०:१७

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्षको मंसिर ९ गतेसम्म १६ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामान तथा चौपाया बरामद गरेको छ।

गुल्मले इलामको सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको कारबाहीका क्रममा भन्सार छली तथा अवैध रूपमा चोरी पैठारी र निकासी गरिएका विभिन्न सामान नियन्त्रणमा लिएको हो।

बरामद सामग्रीमा ३ हजार ५६० किलो स्याउ, ५७० किलो फर्सीको बियाँ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता–चप्पललगायतका सामान तथा चौपाया रहेका छन्।

सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका तथा खोलागोदाम क्षेत्रमा बीओपी मानेभञ्ज्याङ र बीओपी छब्बिसेसहितको संयुक्त टोलीले उक्त सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, चोरी पैठारी तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले नियमित गस्ती, पेट्रोलिङ र निगरानीलाई निरन्तरता दिँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij