प्रहरीले नियमित गस्ती तथा निगरानीका क्रममा देशका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट १० जना, सुनसरीबाट सात जना, झापा र बाराबाट छ जना, इलामबाट एक जना, तनहुँबाट दुई जना तथा दाङबाट एक जना पक्राउ परेका हुन्।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ। केही व्यक्तिको साथबाट नगदसमेत फेला परेको छ।
मंगलबार र बुधबार विभिन्न समयमा पक्राउ परेका उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस