Logo
26 Apr 2024    १४ बैशाख २०८१, शुक्रबार

ताजा खबर

आजदेखि १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन महानगरको निर्देशन काँग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपालको अडिसन जेठ ५ गते हुँदैं गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन, अश्लिल पोष्ट गरेको विषयमा अनुसन्धान गर्दैछौं:साइबर ब्युरो छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने

उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान

admin

काठमाडौ, बैशाख ७
आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्ने हेतुले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्तरूपमा उक्त बस बिसौनीको उद्घाटन गर्नु भएको हो । यसबाट उक्त क्षेत्रमा बसोवास गर्ने आमनागरिकलाई सहज हुने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापनाकाल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको कुरा जानकारी गराउनु भयो । संस्थालाई सहयोग गरिनु यसै सिलसिलाको निरन्तरता रहेको कुरा जाहेर गर्नु भयो । समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण भएको बस बिसौनीबाट उक्त क्षेत्रका स्थानियबासी लाभान्वित हुने विश्वास व्यक्त गर्नु भयो ।
बैकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Bank

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको