Logo
27 Apr 2024    १५ बैशाख २०८१, शनिबार

ताजा खबर

शिक्षक-कर्मचारीलाई पाँच दिनभित्र दल त्याग्न निर्देशन डेढ किलो सुन र १ करोड ४४ लाख बराबर नगद सहित ७ जना पक्राउ व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन वाईवाई चाउचाउ गुणस्तरहीन : महानगरले गर्‍यो चौधरी ग्रुपलाई दुई लाख जरिवाना आजदेखि १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन महानगरको निर्देशन

रेडियो नेपालको जग्गा कौडीको भाउमा भाडामा

admin

रेडियो नेपालको खुमलटारस्थित प्रसारण केन्द्रको जग्गा ठेकेदार कम्पनीलाई कौडीको भाउमा भाडामा दिइएको भेटिएको छ ।

ललितपुर महानगरपालिकाका अधिकारीहरूका अनुसार खुमल्टारको उक्त जग्गाको मूल्य चलनचल्तीमा प्रतिरोपनी ५ करोडभन्दा बढी छ । ललितपुर महानगरपालिका १५ खुमलटारस्थित रेडियो नेपालको प्रसारण केन्द्रको उत्तरपट्टिको जग्गामा महानगरपालिकाले संरचना बनाउन रोक लगाएपछि लथालिंग अवस्थामा ।

भाडामा प्रतिरोपनी एक लाखभन्दा कम मूल्यमा पाउन नसकिने महानगरका अधिकारीहरू बताउँछन् । आव ०७३र७४ मा घरजग्गा कर प्रयोजनको सरकारी मूल्यांकन पनि उक्त क्षेत्रमा प्रतिरोपनी चक्रपथ बाहिर पर्ने पिच सडकसँग जोडिएको जग्गाको ३२ लाख २५ हजार मूल्य कायम छ ।

तर, रेडियो प्रसार सेवा विकास समितिले जग्गाको अवस्था र व्यापारिक प्रयोजनसहितलाई ध्यानमा राखेर भन्दै प्रतिरोपनी ३५ हजार न्यून भाडा दर कायम गरी त्योभन्दा माथि रकमका लागि सिलबन्दी बोलपत्रमार्फत प्रतिस्पर्धा गराई भाडामा दिने निर्णयमा गरेको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको