Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

अमेरिकी डलरको मूल्य बढ्यो राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका

‘म्यान अफ दि वल्र्ड २०२३ का लागि नेपालको प्रतिनिधित्व गर्ने कटवाललाई ओलीले दिए शुभकामना

Reporter

काठमाडौै । मोडल विशाल कटुवाललाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन । विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका कटुवालले नेपालको प्रतिनिधित्व गर्ने भएकाले उनलाइ शुभकामना तथा बधाई दिएका हुन ।

विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका विशाल कटुवालले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

आगामी जुन १६मा फिलिपिन्सको मनिलामा हुने उक्त कार्यक्रमका लागि उनी जुन ५ मा फिलिपिन्स जाने कार्यक्रम रहेको छ ।
पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाललाई आफ्नै निवास बालकोटमा वोलाएर नेपालको झण्डा सहित वधाई तथा सफलताको शुभकामना दिनुभएको छ ।

२८ वर्षिय विशाल पेशाले इन्जिनियर हुन् । इन्जिनियर विशाल कलाकारिता क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्छन् । चलचित्रमा समेत अभिनय गरिसकेका विशालका थुप्रै म्युजिक भिडियो र गीत समेत वजारमा छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको