Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

अमेरिकी डलरको मूल्य बढ्यो राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका

Reporter

आज शनिबार हो। शास्त्रअनुसार शनिबार शनिदेवको विशेष दिन मानिन्छ। यस दिन श्रद्धा, नियम र सही विधिबाट पूजा–व्रत गरेमा जीवनमा आइरहेको नकारात्मकता हट्ने र नयाँ ऊर्जा तथा सकारात्मक परिवर्तन आउने विश्वास गरिन्छ। तर शनिदेवको व्रत बस्नुअघि उनीसँग सम्बन्धित केही महत्वपूर्ण तथ्य र पूजा विधिबारे जान्नु आवश्यक हुन्छ।

शनि देवलाई कर्मफलदाता देवता मानिन्छ। अर्थात् मानिसले गरेका कर्मअनुसार उनी फल प्रदान गर्छन्। पौराणिक मान्यताअनुसार शनि देव सूर्यदेवका पुत्र हुन्। उनकी माता छायादेवी हुन्। यमराज उनका दाजु तथा यमुना उनकी बहिनी हुन्। यस कारण शनिदेव न्याय, अनुशासन र धैर्यका प्रतीक मानिन्छन्।

धार्मिक विश्वासअनुसार, जो व्यक्ति इमानदारीपूर्वक परिश्रम गर्छ, अनुशासनमा रहन्छ र धर्मको मार्ग पछ्याउँछ, शनिदेव उसमाथि कृपालु हुन्छन्। शनिबार शान्ति र शुभफल प्राप्तिका लागि सरसों (सर्सु) को तेल दान गर्नु विशेष लाभदायक मानिन्छ।

यसैगरी, हरेक शनिबार पिपलको वृक्षसँगै शनिदेवको पूजा गर्नुपर्छ। पिपलमा पानी चढाउने तथा खुर्सानी अर्पण गर्दा शनि दोष कम हुने जनविश्वास छ। कालो तिल दान गर्नु, छालाका जुत्ता वा चप्पल दान गर्नु पनि शनिदेव प्रसन्न पार्ने उपायका रूपमा लिइन्छ।

शास्त्रमा शमीको रूखलाई पनि शनिसँग जोडिएको मानिन्छ। त्यसैले हरेक हप्ता, विशेषगरी शनिबार शमीको पूजा गर्नु शुभ हुन्छ। साथै, शनिबार हनुमानजीको विशेष पूजा गरी सरसों तेलको दीप प्रज्वलन गर्दै हनुमान चालीसाको पाठ गरेमा शनि पीडा कम हुने र मनोबल बलियो हुने विश्वास गरिन्छ।

धार्मिक आस्थाअनुसार यी उपायहरू केवल पूजा–विधिमा सीमित नभई जीवनमा अनुशासन, धैर्य र सद्कर्म अपनाउन प्रेरणा दिने माध्यम पनि हुन्। शनिबारलाई आत्मसंयम, सेवा र दानको दिनका रूपमा उपयोग गर्न सकेमा शनिदेवको कृपा प्राप्त हुने विश्वास गरिन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको