Logo
03 Oct 2025    १७ आश्विन २०८२, शुक्रबार

ताजा खबर

शक्ति, सत्य र सद्भावको सन्देश बोकेको विजया दशमी वाग्मतीसहित यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा फिलिपिन्समा भूकम्पमा मर्नेको संख्या ६९ पुग्यो सन्दिपले विश्वकप क्वालिफायर खेल्ने दशैंमा छ लाख ११ हजार बढीले छाडे काठमाडौं

दशैं तिहार अनलाइन नृत्य प्रतियोगिता को आवेदन खुल्ला

Reporter

बडा दशैं र तिहारको उपलक्ष्यमा लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टले दशैं तिहार अनलाइन नृत्य प्रतियोगिता आयोजना गर्दैछन् l यस संस्थाले विभिन्न सौन्दर्य प्रतियोगिताहरू पनि आयोजन गर्दै आइरहेको छ।

यस संस्थाकी अध्यक्ष पूजा रेग्मी महन्त भन्छिन् – यस नृत्य प्रतियोगिताले बालबालिकाहरूमा मित्रता भाव, आफ्नो संस्कृतिको पहिचान गराउने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागेको हो l यस नृत्य प्रतियोगितामा ६ वर्षदेखि १७ वर्षको उमेरसम्मका बालबालिकाले भाग लिन सक्नेछन् l २:३० मिनेटको दशै तिहार नृत्य गरेर पठाउन सकिनेछ।

पहिलो हुनेलाई नगद पुरस्कार रु १५०००, दोस्रो हुनेलाई नगद पुरस्कार रु १०,००० र तेस्रो हुनेलाई नगद पुरस्कार रु ५,००० साथै सोसल मिडिया पपुलर अवार्ड पनि वितरण गरिनेछ। निशुल्क रुपमा यस प्रतियोगितामा भाग लिन सकिन्छ l उत्कृष्ट दशैँ तिहार नृत्यहरूलाई ग्रान्ड फिनालेमा प्रस्तुत गरिनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको