Logo
08 Dec 2025    २३ मंसिर २०८२, सोमबार

ताजा खबर

नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

वाग्मतीसहित यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Reporter

हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ । देशका सबै प्रदेशमा बिहीबार (असोज १५) साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार राति, सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको