Logo
03 Oct 2025    १७ आश्विन २०८२, शुक्रबार

ताजा खबर

शक्ति, सत्य र सद्भावको सन्देश बोकेको विजया दशमी वाग्मतीसहित यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा फिलिपिन्समा भूकम्पमा मर्नेको संख्या ६९ पुग्यो सन्दिपले विश्वकप क्वालिफायर खेल्ने दशैंमा छ लाख ११ हजार बढीले छाडे काठमाडौं

आश्विन शुक्ल नवमी : तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

Reporter

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर खुला गर्न सबै तयारी पूरा भएको छ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन् । तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको