
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाह र उनका समर्थकहरूलाई लक्षित गर्दै गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत बस्नेतले आफू र आफ्नो परिवारमाथि घर जलाउनेदेखि चरित्रहत्या गर्नेसम्मका षड्यन्त्र गरिएको दाबी गरेका हुन्।
उनका अनुसार, आफ्ना बुबाआमा, श्रीमती र छोराछोरीलाई समेत लक्षित गरेर आक्रमण प्रयास भएको र दशैंको मुखमा घरबारविहीन बनाएर ‘मिडिया ट्रायल’मार्फत आतंक फैलाइएको छ। उनले बालेन शाह, भिक्टर कुमार, केपी खनाल, राजिब, बिरेन्द्रलगायतलाई ‘साइबर सेना’ परिचालन गरेर आफूलाई बदनाम गर्ने काम गरेको आरोप पनि लगाएका छन्।
“तिमीहरूको पाइपाइ हिसाब हुन्छ, कानुन साथमा लिएर ठिक पार्छु,” भन्दै बस्नेतले चेतावनीसमेत दिएका छन्।
यस विषयमा बालेन पक्षको औपचारिक प्रतिक्रिया आएको छैन।
लोकप्रिय समाचार