Logo
31 Dec 2025    १६ पुष २०८२, बुधबार

ताजा खबर

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारको सूची ह्वात्तै घट्यो सुनचाँदीको भाउ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंमा दुई सय शय्याको बाल अस्पताल सञ्चालनमा आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु

बुद्धनगरस्थित डेरामा झुन्डिएको अवस्थामा प्रहरी सहायक हवल्दार फेला

Reporter

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा नेपाल प्रहरीका एक सहायक हवल्दार मृत अवस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ३० वर्षीय बलबहादुर थापा मगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

उदयपुर स्थायी घर भएका थापा मगर बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई सोही अवस्थामा उनकी पत्नीले बानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्‍याएकी थिइन्। तर अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

थापा मगरको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको