Logo
30 Dec 2025    १५ पुष २०८२, मंगलवार

ताजा खबर

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारको सूची ह्वात्तै घट्यो सुनचाँदीको भाउ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंमा दुई सय शय्याको बाल अस्पताल सञ्चालनमा आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

Reporter

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ ।

बीएनपीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे निधन भएको छ ।’

२५ डिसेम्बरमा खालिदाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डनबाट ढाका फिर्ता भएका थिए । उनी स्वदेश फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो ।

खालिदा पछिल्ला केही महिनादेखि बिरामी थिइन् । ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो । खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय थिइन् । पतिको हत्यापछि उनले बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।

सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

त्यसपछि उनी सन् २००१ मा सत्तामा फर्किएकी थिइन् । सन् २००६ सम्म खालिदाले सरकारको नेतृत्व गरेकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको