Logo
02 Feb 2026    २० माघ २०८२, सोमबार

ताजा खबर

तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ? नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार शिव आराधनाको महत्त्व : अर्धनारीश्वर पूजा, मन्त्र जप र व्रतले मिल्छ सुख–शान्ति युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ को मृत्यु, सात घाइते वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै तृप्ति खड्का गुरुङको स्वर तथा डा. हरि उप्रेतीको शव्दमा ‘निदरी’ सार्वजनिक(भिडियो)

अछाममा बेहोस भएका चलचित्र पत्रकार दिनेश सिटौला रहेनन्

Reporter

चलचित्र पत्रकारिता क्षेत्रका परिचित व्यक्तित्व तथा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौला को निधन भएको छ। चुनावी यात्राका क्रममा अछाम पुगेका बेला अचानक बेहोस भएका सिटौलाको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो १२:४५ बजे निधन भएको अस्पतालले जनाएको छ।

सिटौला रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै चुनावी कार्यक्रममा सहभागी हुन अछाम पुगेका थिए। शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएपछि उनलाई सुरुमा जिल्ला अस्पताल अछाम लगिएको थियो। अवस्था गम्भीर देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो।

उपचारका क्रममा चिकित्सकहरूले सिटौलालाई ब्रेन ह्यामरेज भएको पुष्टि गरेका थिए। अस्पताल स्रोतका अनुसार उनलाई सुरुमा करिब ४५ मिनेटसम्म सीपीआर गरिएको थियो। टाउकामा चोट लागेर मस्तिष्कको नसामा क्षति पुगेपछि रगत जमेको देखिएको चिकित्सकहरूले बताएका छन्।

जिल्ला अस्पताल अछामका प्रमुख डा. कमलेश यादवका अनुसार सिटौला अस्पताल ल्याउँदा अचेत अवस्थामा थिए। रक्तचाप नदेखिएको, शरीर चिसो भइसकेको र श्वासप्रश्वाससमेत नचलिरहेको अवस्था रहेको उनले बताए।

काठमाडौंको टोखा निवासी सिटौला चलचित्र पत्रकारिता क्षेत्रमा सक्रिय थिए। उनी ‘द सिनेमा टाइम्स’ अनलाइन पोर्टलका सम्पादक/अध्यक्ष थिए भने नेपाल टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए। उनले दर्जनौँ नेपाली चलचित्रमा प्रेस संयोजकका रूपमा काम गरेका थिए।

सिटौलाको निधनले चलचित्र पत्रकारिता र सिने क्षेत्रमा अपूरणीय क्षति पुगेको सम्बन्धित क्षेत्रका व्यक्तिहरूले बताएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको