Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

युएन डिपि कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम

Reporter

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा कर्णाली प्रदेशका किशोर आचार्य प्रथम भएका छन्। कालिकोट जिल्लाको शुभकालिका–६, हाउडिमा रहेको चन्द्र सूर्य माध्यमिक विद्यालय, कक्षा १० मा अध्ययनरत आचार्यले “न्यायको खोजी” शीर्षकको कविता प्रस्तुत गरेका थिए। देशभरका सातवटै प्रदेशका प्रथम स्थान हासिल गरेका प्रतियोगीबीच भएको अन्तिम प्रतिस्पर्धामा उनले उत्कृष्ट प्रस्तुति दिँदै शीर्ष स्थान हासिल गरे।

प्रतियोगितामा मधेश प्रदेश दोस्रो र लुम्बिनी प्रदेश तेस्रो भएका थिए। कवितामा महिला हिंसा, अधिकार र वातावरण संरक्षण जस्ता महत्वपूर्ण सामाजिक मुद्दाहरू उठाइएका थिए।

निर्णायक मण्डलका अनुसार आचार्यको कविता समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालको मात्र नभई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो, जसले उनलाई पहिलो स्थान दिलायो। पुरस्कार ग्रहण गर्दै किशोर आचार्यले भने, “न्याय केवल अदालतमा खोज्ने कुरा होइन, समाजमा समानता, सम्मान र सचेतनाको स्तर बढाउन सके न्याय स्थापना गर्न सकिन्छ।” युएन डिपि नेपालका प्रतिनिधिहरूले प्रतियोगिता सफल भएको बताउँदै विजयी कविताहरूलाई विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्ने प्रतिबद्धता जनाएका छन्।

आचार्यको सफलताले कर्णाली प्रदेशको साहित्यिक पहिचानलाई थप बलियो बनाउँदै नयाँ पुस्तालाई सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको