एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान बुधबार (आज) बिहान ८ बजेबाट सुरु हुँदैछ। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ बजेदेखि मतदान हुने छ।
मंगलबार विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मतदान स्थगित गरिएको थियो।
३०१ सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन्। नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने भएको छ।
लोकप्रिय समाचार

