
गायिका सृष्टि थापा को नयाँ गीत सार्वजनिक भएको छ। युट्युबमार्फत रिलिज भएको गीतमा उनको कोमल स्वर र भावपूर्ण प्रस्तुतीलाई दर्शक–श्रोताले मन पराइरहेका छन्।
थापा हालसम्म ३५ भन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। उनका चर्चित गीतहरू पितालु मन पर्छ, श्री सम्पत्ति, तिम्रो बाटो, पाउजु झरेछ, म कसरी बाँचु लगायत छन्।
संगीतकर्मीहरूको मूल्याङ्कनमा उनी “शुद्ध र आत्मीय स्वरकी धनी” मानिन्छिन्। नयाँ पुस्ताका श्रोता–दर्शकले पनि उनलाई प्रशंसा गर्दै आएका छन्।
गीत रिलिजसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया बढ्दै गइरहेको छ। एक दर्शकले लेखेका छन्, “थापाको स्वरमा मिठास मात्र छैन, भावना पनि जोडिन्छ।”
गीतमा कृष्ण विकले शब्द लेखेका छन् भने संगीत पनि उनकै रहेको छ ।
हेमन्त शिशिर ले एरेन्ज गरेका छन्। भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका छन्। भिडियोको छायांकन उमेश बहादुर शाह र सम्पादन एवं कलर टेकेन्द्र शाहले गरेका हुन भने गायिका सृष्टि सहित रश्मि भट र विश्वराज बगालेको अभिनय रहेको छ ।
गीतमा उनले आमा र छोरीको गहिरो सम्बन्ध, माया र पीडा समेटेकी छिन्, जसले श्रोता–दर्शकलाई भावनाले भरिएको अनुभव दिने गर्छ।
गीतको शब्दावली सरल भए पनि भावनात्मक गहिराई धेरै छ। गीतमा आमा–छोरीको संघर्ष, माया र भावनात्मक भेटलाई प्रस्तुत गरिएको छ। श्रिष्टीको स्वरले यो पीडालाई सहज र आत्मीय ढंगले प्रस्तुत गरेको छ।
भिडियोमा दृश्यले पनि गीतको कथा झल्काउने गरी निर्माण गरिएको छ। भिडियोमा आमा र छोरीबीचको प्रेम, सम्झना र पीडालाई कोमल अभिनयमा देखाइएको छ।