Logo
03 Oct 2025    १७ आश्विन २०८२, शुक्रबार

ताजा खबर

शक्ति, सत्य र सद्भावको सन्देश बोकेको विजया दशमी वाग्मतीसहित यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा फिलिपिन्समा भूकम्पमा मर्नेको संख्या ६९ पुग्यो सन्दिपले विश्वकप क्वालिफायर खेल्ने दशैंमा छ लाख ११ हजार बढीले छाडे काठमाडौं

गायक प्रश्ना धमलासँगै राजकुमार तामाङको भावनात्मक गीत ‘तस्बिर’ सार्वजनिक

Reporter

एक दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका प्रतिभाशाली संगीतकार राजकुमार तामाङ केही वर्षअघि दुर्भाग्यवश भएको दुर्घटनाका कारण दर्शकसामु आफ्नो संगीत प्रस्तुत गर्न सक्नुभएन। तर, लामो संघर्ष र स्वास्थ्य सुधारको यात्रापछि, उहाँ फेरि एकपटक नयाँ उमङ्गका साथ आफ्ना सिर्जनात्मक धुनहरू लिएर दर्शकमाझ फर्किनुभएको छ।

अब उहाँको स्वास्थ्य अवस्था सामान्य बनेको छ र संगीतप्रतिको त्यो पुरानै उत्साह, जोश र समर्पणसहित पुनः सक्रिय हुनुभएको छ। यसपटकको पुनरागमनलाई अझ विशेष बनाएको छ—गायक प्रश्ना धमलाको साथमा उहाँले “तस्बिर” बोलको गीत लिएर दर्शकमाझ पुनः प्रवेश गर्नुभएको छ।

मार्मिक शब्द र भावनात्मक धुनले सजिएको “तस्बिर” गीतले जीवनका उतार–चढाव, सम्झना र बिछोडलाई स्पर्श गर्नेछ भन्ने अपेक्षा गरिएको छ। यस गीतमार्फत दर्शकहरूले राजकुमार तामाङ र प्रश्ना धमला दुवैलाई पहिलेझैँ मात्र होइन, अझ परिपक्व कलाकारका रूपमा अनुभव गर्नेछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको