Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

फिलिपिन्सको मनिलामा नेपाल–फिलिपिन्स कला तथा संस्कृति प्रदर्शनी

Reporter

काठमाडौँ, १२ असोजः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सको आयोजनामा फिलिपिन्सको मनिलामा आगामी नोभेम्बर ९ मा मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
कार्यक्रमबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताउनुभयो ।
“नेपालको पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, त्यस अवसरमा नेपाल र फिलिपिन्स दुवै देशका कलाकारहरुले मौलिक प्रस्तुति दिनुहुनेछ”, अध्यक्ष लामाले भन्नुभयो, “कार्यक्रममा विभिन्न विधामा अवार्ड तथा सम्मान पनि प्रदान गरिनेछ ।” कार्यक्रमको उद्देश्य केबल मनोरञ्जनमा मात्रै सीमित नभइ प्रतिभाशाली कलाकारहरुलाई अन्तरराष्ट्रिय मञ्चमा पु¥याउनु पनि उद्देश्य रहेको उहाँको भनाइ थियो ।
कम्पनीका प्रबन्ध निर्देशक फूर्वा ग्याल्बो मोक्तान (थुप्तेन)ले कार्यक्रममा विश्व शान्ति र विकास, मानवतावाद, सार्वजनिक सेवा, व्यवसाय र अन्तरराष्ट्रिय कूटनीति जस्ता क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व र संस्थाहरुलाई सम्मान गरिनेछ । उहाँले भन्नुभयो, “यो कार्यक्रम दुवै देशको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि एउटा सांस्कृतिक उत्सव हुनेछ, नेपाली कलाकारहरुले आफ्नो कला अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पनि पाउनुहुनेछ ।”
नेशनल डाइनामिक आटर्स (एनडिए)का अध्यक्ष देवराज गुरुङले कार्यक्रमले दुई देशबीचको कला र संस्कृति आदानप्रदानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउनुका साथै नेपाली कला र संस्कृतिक अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पनि प्राप्त हुनेछ ।”
पत्रकार सम्मेलनमा फिलिपिन्सस्थित ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सका तर्फबाट जोभ्यलिन एसस्पालाब्रा र केनेथ गाय साल्भाटुसले भर्चुअल उपस्थिति जनाउनुभएको थियो । उहाँहरुले आफूहरु नेपाली कम्पनीसँगको सहकार्यमा काम गर्न पाउँदा निकै खुसी लागेको उल्लेख गर्दै नेपाली कलाकार र व्यक्तित्वहरुलाई फिलिपिन्समा स्वागत गर्न तयार रहेको बताउनुभयो ।
एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टले यसअघि चीन, जापान, युएईलगायतका देशमा पर्यटक प्रवद्र्धन र कला तथा संस्कृति आदानप्रदानलगायतका कार्यक्रम आयोजना गरिसकेको छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको