Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

बालेन र उनका समर्थकले घर जलाउन, परिवार मार्न र चरित्रहत्या गर्न लगाए:महेश बस्नेत

Reporter

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाह र उनका समर्थकहरूलाई लक्षित गर्दै गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत बस्नेतले आफू र आफ्नो परिवारमाथि घर जलाउनेदेखि चरित्रहत्या गर्नेसम्मका षड्यन्त्र गरिएको दाबी गरेका हुन्।

उनका अनुसार, आफ्ना बुबाआमा, श्रीमती र छोराछोरीलाई समेत लक्षित गरेर आक्रमण प्रयास भएको र दशैंको मुखमा घरबारविहीन बनाएर ‘मिडिया ट्रायल’मार्फत आतंक फैलाइएको छ। उनले बालेन शाह, भिक्टर कुमार, केपी खनाल, राजिब, बिरेन्द्रलगायतलाई ‘साइबर सेना’ परिचालन गरेर आफूलाई बदनाम गर्ने काम गरेको आरोप पनि लगाएका छन्।

“तिमीहरूको पाइपाइ हिसाब हुन्छ, कानुन साथमा लिएर ठिक पार्छु,” भन्दै बस्नेतले चेतावनीसमेत दिएका छन्।

यस विषयमा बालेन पक्षको औपचारिक प्रतिक्रिया आएको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको