Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

गायीका रिता केसी “नारायण गोपाल युवा संगीत पुरस्कार-२०८२”बांट सम्मानित

Reporter

दाङकी प्रतिभाशाली गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन्। राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४० हजार रुपैयाँ नगद प्राप्त गरेकी हुन्।

कोषका सदस्य–सचिव डा. विष्णुबहादुर भण्डारीका अनुसार वरिष्ठ संगीतकार प्रा. डा. दीपक जंगम अध्यक्ष रहेको मूल्यांकन समितिले गायिका केसीलाई पुरस्कारका लागि सिफारिस गरेको हो।

करिब दुई दशकदेखि गायन क्षेत्रमा सक्रिय केसी राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको सचिव हुन भने हाल उनि संगीतमै विद्यावारिधि (PhD) गर्दैछिन्। पुरस्कार प्राप्त भएपछि उनले यसलाई आफ्नो करिअरको महत्वपूर्ण प्रेरणाका रूपमा लिँदै, “यस वर्षको छनोटमा परेकी रहेछु, धेरै खुशी छु र आफैलाई भाग्यमानी ठान्छु,” भन्दै खुशी व्यक्त गरिन्।

उक्त पुरस्कार उनलाई यही मंसिर २० गते एक कार्यक्रमकाबीच प्रदान गरिएको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको