Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

बुद्धनगरस्थित डेरामा झुन्डिएको अवस्थामा प्रहरी सहायक हवल्दार फेला

Reporter

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा नेपाल प्रहरीका एक सहायक हवल्दार मृत अवस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ३० वर्षीय बलबहादुर थापा मगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

उदयपुर स्थायी घर भएका थापा मगर बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई सोही अवस्थामा उनकी पत्नीले बानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्‍याएकी थिइन्। तर अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

थापा मगरको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको