काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा नेपाल प्रहरीका एक सहायक हवल्दार मृत अवस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ३० वर्षीय बलबहादुर थापा मगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
उदयपुर स्थायी घर भएका थापा मगर बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई सोही अवस्थामा उनकी पत्नीले बानेश्वरस्थित एभरेस्ट अस्पताल पुर्याएकी थिइन्। तर अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
थापा मगरको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लोकप्रिय समाचार

