काठमाडौँ — निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ। साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
नेपाल प्रेससँग संक्षिप्त प्रतिक्रिया दिँदै महतले आयोगको निर्णय कुनै पनि दृष्टिकोणबाट सही नभएको टिप्पणी गरे।
उनले भने, ‘निर्वाचन आयोगले सम्पूर्ण नियम–कानुन र पार्टीको विधानको धज्जी उडाएको छ। यसको हामी कडा विरोध गर्छौँ। यो निर्णय हामीलाई मान्य छैन।’
महतका अनुसार आयोगको निर्णयपछि पार्टीको आगामी रणनीतिबारे छलफल गर्न देउवा पक्ष छिट्टै बैठक बस्नेछ।
लोकप्रिय समाचार

