Logo
03 Oct 2025    १७ आश्विन २०८२, शुक्रबार

ताजा खबर

शक्ति, सत्य र सद्भावको सन्देश बोकेको विजया दशमी वाग्मतीसहित यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा फिलिपिन्समा भूकम्पमा मर्नेको संख्या ६९ पुग्यो सन्दिपले विश्वकप क्वालिफायर खेल्ने दशैंमा छ लाख ११ हजार बढीले छाडे काठमाडौं

नेपालमाथि वेस्ट इन्डिजको जित

Reporter

यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । नेपाललाई वेस्ट इन्डिजले १० विकेटले हराएको हो ।

नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४  र कुशल मल्लले १२ रन बनाए ।

सुरुवात राम्रो गरेर पावरप्लेमा ३७-० को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि थप ९० रन पनि नजोड्दा सबै विकेट गुमायो ।

वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे ।

नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ । आजको खेलमा भने वेस्ट इन्डिज पूर्णरूपा हावी बनेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको