Logo
31 Dec 2025    १६ पुष २०८२, बुधबार

ताजा खबर

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारको सूची ह्वात्तै घट्यो सुनचाँदीको भाउ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंमा दुई सय शय्याको बाल अस्पताल सञ्चालनमा आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

Reporter

दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार ह्वात्तै घटेको छ । मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम छ । आइतबार यो भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । भाउ घटेसँगै चाँदी ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको