Logo
31 Dec 2025    १६ पुष २०८२, बुधबार

ताजा खबर

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारको सूची ह्वात्तै घट्यो सुनचाँदीको भाउ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंमा दुई सय शय्याको बाल अस्पताल सञ्चालनमा आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारको सूची

Reporter

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । मंगलबार कांग्रेसले ११० जना उम्मेदवारको सूची पेश गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित पार्टी नेताहरूले आज बिहान साढे ११ बजे आयोगमा उम्मेदवार सूची बुझाएका थिए। कांग्रेसले नयाँ अनुहारलाई प्राथमिकता दिँदै २०६४ देखि २०७९ सम्म समानुपातिक अवसर पाएका व्यक्तिहरूलाई सूचीमा नराख्ने निर्णय गरेको छ।

पदाधिकारीमध्ये १४ जना मध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्र सूचीमा छन्।

पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पनि नुवाकोटबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएका छन्। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार, ३५ वर्षमुनिका १५ जना युवा उम्मेदवार तथा नेविसंघ र तरुण दलमा काम गरेका नयाँ अनुहारहरूलाई प्राथमिकता दिइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको