२०८३, मंसिर ४ गते

बिहिवार, मंसिर ४ गते २०८३

एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीबारे छलफल

मंगलवार, मंसिर २ २०८३०८:१८

नेकपा एमालेको स्थायी कमिटी बैठकमा बुधबारदेखि सुरु हुने दुईदिने राष्ट्रिय भेलाको तयारीबारे छलफल भएको छ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भेलाको तयारी र व्यवस्थापनबारे सङ्गठन विभाग प्रमुखसमेत रहेका सचिव भानुभक्त ढकालले जानकारी गराएको उपमहासचिव लेखराज भट्टले बताए।

एमालेका अनुसार दुईदिने राष्ट्रिय भेलामा केन्द्रदेखि स्थानीय तहसम्मका ३ हजार ४१४ जना प्रतिनिधि सहभागी हुनेछन्।

काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ। उनीहरूले पार्टीको भावी कार्यदिशा र कार्यभारबारे धारणा राख्नेछन्।

त्यसैगरी, नेताहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

भेलामा आगामी स्थानीय तह निर्वाचनमा पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा प्रतिनिधिहरूबाट सुझावसमेत संकलन गरिने एमालेले जनाएको छ।

प्रतिनिधिहरूबाट प्राप्त सुझावका आधारमा आगामी स्थानीय निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न भेलाले महत्त्वपूर्ण भूमिका खेल्ने एमाले नेताहरूको बुझाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij