२०८३, मंसिर ४ गते

बिहिवार, मंसिर ४ गते २०८३

राष्ट्र बैंकले ९२ दिनका लागि २०० अर्बको निक्षेप संकलन उपकरण जारी गर्ने

मंगलवार, मंसिर २ २०८३०८:२६

नेपाल राष्ट्र बैंकले ९२ दिनका लागि २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत जारी गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ। सोही दिन निक्षेप संकलन उपकरण निष्कासन गरिनेछ।

बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म १० करोडले भाग जाने गरी आवेदन दिन सक्नेछन्।

बोलकबोलमा बहुब्याजदरका आधारमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिँदा निक्षेपका रूपमा जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलवपछि चार अंकसम्म राख्न सकिनेछ।

निक्षेप संकलनको अवधि आगामी फागुन ५ गतेसम्म रहनेछ। सोही दिन साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। समान ब्याजदरमा एकभन्दा बढी आवेदन परेमा प्रो–राटा आधारमा रकम बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकका अनुसार खुला बजार सञ्चालन समितिले प्राप्त बोल आंशिक वा पूर्ण रूपमा स्वीकृत अथवा अस्वीकृत गर्न सक्नेछ। स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा रहेको छुट्टै खातामा जम्मा गरिनेछ।

खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राख्न सकिने चेतावनीसमेत राष्ट्र बैंकले दिएको छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ। उक्त रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।

राष्ट्र बैंकले भुक्तानी मितिअघि निक्षेपको रकम फिर्ता वा पूर्वभुक्तानी नहुनेसमेत स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij