जिल्ला निर्वाचन कार्यालय जुम्लाले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम हटाएको छ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसार अद्यावधिक प्रक्रियाका क्रममा मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जना गरी कुल १ हजार २८९ जनाको नाम मतदाता नामावलीबाट हटाइएको हो।
दोहोरो नाम हटाइएकामध्ये सबैभन्दा बढी तिला गाउँपालिकाका ८० जना रहेका छन्। त्यस्तै, चन्दननाथ नगरपालिकाका ७६, पातारासी गाउँपालिकाका ६४, तातोपानीका ६०, कनकासुन्दरीका ५९, हिमाका ५०, सिंजाका ४८ र गुठीचौरका ३७ जनाको नाम हटाइएको निर्वाचन अधिकारी कँडेलले जानकारी दिए।
यसैबीच, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जुम्लामा कुल ७१ हजार ६९५ मतदाता कायम थिए।
जसमध्ये ३४ हजार २८० महिला र ३७ हजार ४१५ पुरुष मतदाता रहेका थिए।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
युवराज भण्डारी
प्रतिक्रिया दिनुहोस