Logo
24 Sep 2025    ८ आश्विन २०८२, बुधबार

ताजा खबर

पुराना दलका कार्यकर्ताविरुद्ध टिकटकमा ‘झोले ट्रेन्ड’ घुन्सा दुर्घट्नाको सम्झना ईश्वर थापाको ‘दशैंको टिका’(भिडियो) स्वास्थ्य मन्त्रालयको नेतृत्वमा डा. मदन पियाको सम्भावित भूमिका, स्वास्थ्य मन्त्रीका लागि उपयुक्त नाम अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा पहिलो अध्यादेश जारी राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

सौगात जङ्ग थापाको संगीतमा‘फुलको बोटैमा’सार्वजनिक(भिडियो)

Reporter

गायक हरि पौड्याल र गायिका रोजिना बस्नेतको आवाजमा सजिएको नयाँ डान्सिङ गीत ‘फुलको बोटैमा’ सार्वजनिक भएको छ।

गीतमा पुष्प सुनुवारको शब्द रचना तथा गायक एवं संगीतकार सौगात जङ्ग थापाको संगीत रहेको छ भने विशाल निरौलाले एरेन्ज गरेका छन्। भ्वाइस अफ नेपाल सिजन ५ बाट चर्चामा आएकी रोजिना बस्नेतले गायक पौड्याललाई फिमेल भोकलमा साथ दिएकी छन्।

टिपिकल शब्द रचनामा तयार भएको यस गीतलाई संगीतकार थापाले उत्कृष्ट संगीतमार्फत् प्रस्तुत गरेका छन्।

बालाजुस्थित स्टुडियोमा छायाङ्कन गरिएको भिडियोमा सुधिर श्रेष्ठ, बिना राउतलगायत कलाकारको अभिनय रहेको छ। भिडियो युबराज खत्रीले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन सुरेश पान्डे, छायाङ्कन सुजन श्रेष्ठ र सम्पादन युबराज खत्रीकै रहेको छ।

गायक हरि पौड्यालको आफ्नै युट्युब च्यानलमार्फत घटस्थापना विशेष अवसर पारी उक्त गीत सार्वजनिक गरिएको हो।

youtube.com/watch?si=TJyoS6tqVh1HW6H-&v=Sgt7PM1qkN0&feature=youtu.be


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको