Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

पुराना दलका कार्यकर्ताविरुद्ध टिकटकमा ‘झोले ट्रेन्ड’

Reporter

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा हालै ‘एक्सपोज झोले’ नामक नयाँ ट्रेन्ड सुरु भएको छ। यसअन्तर्गत प्रयोगकर्ताले पुराना दलका नेतासँग जोडिएका व्यक्तिहरू (उनिहरूको भाषामा झोले) का फोटो र भिडियो सार्वजनिक गर्दै नेतानिकट कार्यकर्तामाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्।

यसअघि ‘नेपोबेबी ट्रेन्ड’का कारण पुराना नेताहरूलाई खुला रूपमा हिँड्नै असहज बनेको थियो। सोही वातावरणले चर्किएको जेनजी आन्दोलनले अन्ततः तत्कालीन एमाले–कांग्रेस गठबन्धन सरकार ढालेको थियो।

प्रयोगकर्ताहरूको भनाइमा, “नेपोबेबी र भ्रष्ट नेताहरू एक्सपोज भएपछि ठूलो परिवर्तन आयो, अब नेताका झोलेहरू पनि एक्सपोज गर्नुपर्छ।” टिकटकमा #jholey / #jholeytrend ह्यासट्याग प्रयोग गरी भिडियो पोस्ट भइरहेका छन्। धेरै पोस्टमा “माउथ ओपन, ब्रेन क्लोज झोले” भन्ने क्याप्सन देखिन्छ।

सबैभन्दा धेरै निशानामा एमाले नेता महेश बस्नेत, साथै शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग खिचिएका तस्बिरहरू देखिन्छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको