Logo
08 Dec 2025    २३ मंसिर २०८२, सोमबार

ताजा खबर

नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

घुन्सा दुर्घट्नाको सम्झना

Reporter

काठमाडौ ८ असोज । ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १९ वर्ष पुरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारणा, फोटोमा माल्यार्पण र दिपप्रज्वलित कार्यक्रम सम्पन्न गरेको छ ।

कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा का.जि.अ. वार एशोसियसनका निवर्तमान अध्यक्ष आरसि विमल, अधिवक्ता अर्जुन चालिसे, अधिवक्ता राजकुमार उप्रेती, समाजसेवि सनत कुममार गीरी, युरेसन योङ्गे सुब्बा, शीव खत्री, तुलसीराम पराजुली, बिशेष अतिथिको रुपमा रहनु भएको थियो । जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ ।

शहरी बिकास तथा भवन निर्माण बिभागले प्रयाप्त रकम बिनियोजन नगरेका कारण केही वर्ष देखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले जुन प्रगति गर्नु पर्ने हो त्यसो हुन नसकेको कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा जानकारी गराउनु भयो ।

विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको