Logo
24 Sep 2025    ८ आश्विन २०८२, बुधबार

ताजा खबर

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा डा. मदन पियाको सम्भावित भूमिका, स्वास्थ्य मन्त्रीका लागि उपयुक्त नाम अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा पहिलो अध्यादेश जारी राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने खेमनाथ दाहाल र सन्तोष श्रेष्ठको सहकार्यमा काव्य श्लोक(भिडियो) स्वकीय सचिवदेखि भत्ता र विलासी खर्चसम्ममा सरकारको रोक

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

Reporter

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ । खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भूमि समस्या समाधान आयोग खारेजको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको सरकारले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भन्दै गत वर्षको कात्तिकमा सो आयोग गठन गरेको थियो ।

यसभन्दा अगाडिका विभिन्न सरकारले भूमिहीन, दलित, सुकुम्बासी लगायतलाई भूमि उपलब्ध गराउने भन्दै आयोग गठन गर्ने र फेरि पुनर्गठन गर्ने काम गर्दै आएका थिए । तर, भूमि सम्बन्धी समस्या भने अहिलेसम्म पनि जस्ताको तस्तै छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको