काठमाडौं । यही चैत २३, २४ र २५ गते नेपाल आर्ट काउन्सिलमा प्रा. दिनेश प्रसाद चापागाई (गोधुली दिनेश) द्वारा हाइगा कला प्रर्दशनी हुने भएको छ ।
जापानी कविता हाइकुलाई चित्रकलाको माध्यमले प्रकट गर्ने कलालाई हाइगा भनिन्छ ।
हाइगालाई नेपालमा भित्र्याउने पहिलो कलाकार गोधुली दिनेश हुन् । यस्तो प्रदर्शनी नेपालमै पहिलोपटक हुन गइरहेको आयोजक गोधुली दिनेश बताउँछन् ।
यस हाइगा कला प्रदर्शनीमा नेपालका प्रख्यात चित्रकार किरण मानन्धर,सु-प्रसिद्व हाइकु कवि राम कुमार पाण्डे लगायतका हाइकु कविहरु, चित्रकारहरु र वरिष्ट साहित्यकारहरुको बिच औपचारिक अन्तरकृया हुने कार्यक्रम रहेको छ ।
उक्त प्रदर्शनी साहित्य र चित्रकलाका विद्यार्थी, शिक्षक र कलाकारहरुका लागि एक चाखलाग्दो कार्यक्रम रहेको जानकारी आयोजकले दिएको छ ।
लोकप्रिय समाचार

