Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन मधेशका जनताको रोजाइ बने ‘सर्वेन्द्र खनाल’, बारा–४ मा लोकप्रियता उत्कर्षमा

कारागारबाट रविको चार बुँदे सन्देश

Reporter

कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा मागेका छन्।

राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको दाबी गर्दै उनले सरकारको मत स्पष्ट हुनुपर्ने बताएका छन्।

नख्खु कारागारबाट चार बुँदे सन्देश जारी गर्दै लामिछानेले “एक पटक चिठ्ठा परेकालाई पटक–पटक नपर्ने” चेतावनी पनि दिएका छन्।

उनले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी अहिले रास्वपाको काँधमा आएको उल्लेख गर्दै आवश्यक परे नेतृत्व र त्याग दुवै गर्न तयार रहेको बताए।

नख्खु कारागारमा भेटेर फर्किएका उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार लामिछाने स्वस्थ, दृढ र आत्मविश्वासी छन्। उनले राजनीतिक चासो राख्नेहरूलाई सन्देश अवगत गराइदिन आग्रह गरेका छन्।

लामिछानेले दिएका चार सन्देश यसप्रकार छन्ः

१. अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेभर’ होइन। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नैपर्छ।

२. पछिल्लो जनमतका आधारमा चौथो शक्ति भएकाले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक परे नेतृत्व र त्याग दुवै गर्न तयार छौं।

३. एकपटक चिठ्ठा परेकाहरू पटक–पटक पनि पर्ला भन्ने सोच्छन्। तर संयोग दोहोरिँदैन। भर्खरै चिठ्ठा परेकाहरू फेरि त्यसकै लोभमा छन्। लोभीहरूले चिठ्ठा किन्न सक्छन्, तर हरेक जालमा माछा पर्दैन।

४. रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनुपर्छ। यो क्षणिक लाभ–हानिको सोचले सम्भव हुँदैन। परिस्थिति जस्तोसुकै आए पनि रास्वपालाई पहिलो शक्ति बनाउने दृढतामा म कमजोर हुने छैन, मेहनत र समय लागे पनि लक्ष्य त्यही हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको