Logo
30 Oct 2025    १४ कार्तिक २०८२, बिहीबार

ताजा खबर

बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध कारागारबाट रविको चार बुँदे सन्देश विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह ‘मोन्था’ चक्रवातको प्रभाव कायमै, ठाउँठाउँमा वर्षा संसद् विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह

Reporter

rainig-on-ktm

देशका विभिन्न स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ४४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात र कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

प्राधिकरणले सडक, हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भन्दै अत्यावश्यक नपरी यात्रा नगर्न, डुबान सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित समिति तथा संस्थाहरूलाई पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको