Logo
30 Oct 2025    १४ कार्तिक २०८२, बिहीबार

ताजा खबर

रेशमलाल चौधरीको नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निवेदन बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध कारागारबाट रविको चार बुँदे सन्देश विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह ‘मोन्था’ चक्रवातको प्रभाव कायमै, ठाउँठाउँमा वर्षा

विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल

Reporter

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हरायो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको सहज जित निकालेको थियो ।

अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएईलाई पराजित गर्न आज थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।

नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ ।

विश्वकप लिग–२ मा १७ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ।

२२ खेल खेलिसकेको अमेरिका ३२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको