Logo
30 Oct 2025    १४ कार्तिक २०८२, बिहीबार

ताजा खबर

रेशमलाल चौधरीको नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निवेदन बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध कारागारबाट रविको चार बुँदे सन्देश विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह ‘मोन्था’ चक्रवातको प्रभाव कायमै, ठाउँठाउँमा वर्षा

‘मन बिनाको धन’ कार्तिक २१ गतेदेखि प्रदर्शनमा, ट्रेलर सार्वजनिक

Reporter

बालप्रतिभा अशोक दर्जीको संघर्ष र संगीतयात्राको कथामा आधारित फिल्म ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

फिल्मलाई धनले प्रस्तुति गरेका हुन् भने निर्माताको भूमिकामा विष्णुमाया मैनाली रहेकी छन्। साथै, कार्यकारी निर्माता  का रूपमा सामाजसेवी तथा व्यवसायी मिनु शर्मा ‘सपना’ रहेकी छन्।

फिल्मको निर्देशन चर्चित संगीतकार टंक बुढाथोकीले गरेका हुन्। फिल्ममा सरोज खनाल, निता ढुंगाना, अशोक दर्जी, एर बुढाथोकी,सामरागी थापा,रमा थपलिया,भोलाराज सापकोटा,सन्तोष पन्त,रविन्द्र झा,बुद्धि तामा लगायतका कलाकारहरूको अभिनय समावेश छ।

हालै सार्वजनिक गरिएको ट्रेलरमा अशोक दर्जीको गाउँबाट सुरू भएको जीवनयात्रा, संगीतमा उनको समर्पण र टंक बुढाथोकीसँगको भेटपश्चात् आएको मोडलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

फिल्मले “प्रतिभा, संघर्ष र सफलता” को कथा बोलेको बताइएको छ। निर्माता टोलीका अनुसार ‘मन बिनाको धन’ केवल मनोरञ्जनको फिल्म नभई प्रेरणादायी जीवनी–कथा हो, जसले दर्शकलाई आशा र आत्मविश्वासको सन्देश दिन्छ।

फिल्मको प्रदर्शन नजिकिँदै जाँदा दर्शकमाझ उत्साह र प्रतिक्षा दुवै बढ्दै गएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको