Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

‘मन बिनाको धन’ कार्तिक २१ गतेदेखि प्रदर्शनमा, ट्रेलर सार्वजनिक

Reporter

बालप्रतिभा अशोक दर्जीको संघर्ष र संगीतयात्राको कथामा आधारित फिल्म ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

फिल्मलाई धनले प्रस्तुति गरेका हुन् भने निर्माताको भूमिकामा विष्णुमाया मैनाली रहेकी छन्। साथै, कार्यकारी निर्माता  का रूपमा सामाजसेवी तथा व्यवसायी मिनु शर्मा ‘सपना’ रहेकी छन्।

फिल्मको निर्देशन चर्चित संगीतकार टंक बुढाथोकीले गरेका हुन्। फिल्ममा सरोज खनाल, निता ढुंगाना, अशोक दर्जी, एर बुढाथोकी,सामरागी थापा,रमा थपलिया,भोलाराज सापकोटा,सन्तोष पन्त,रविन्द्र झा,बुद्धि तामा लगायतका कलाकारहरूको अभिनय समावेश छ।

हालै सार्वजनिक गरिएको ट्रेलरमा अशोक दर्जीको गाउँबाट सुरू भएको जीवनयात्रा, संगीतमा उनको समर्पण र टंक बुढाथोकीसँगको भेटपश्चात् आएको मोडलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

फिल्मले “प्रतिभा, संघर्ष र सफलता” को कथा बोलेको बताइएको छ। निर्माता टोलीका अनुसार ‘मन बिनाको धन’ केवल मनोरञ्जनको फिल्म नभई प्रेरणादायी जीवनी–कथा हो, जसले दर्शकलाई आशा र आत्मविश्वासको सन्देश दिन्छ।

फिल्मको प्रदर्शन नजिकिँदै जाँदा दर्शकमाझ उत्साह र प्रतिक्षा दुवै बढ्दै गएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको