Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

Reporter

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो उनले प्रदेशसभाबाट २८ मत पाए ।

५३ सदस्यीय प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये उनको पक्षमा २८ जनाकै मत पर्दा विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

बहुमतका लागि २७ मत आवश्यक पर्नेमा प्रतिपक्षले निर्वाचन प्रकृयामा भाग नलिए पनि नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच सोडारीले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।

कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरेका थिए ।

त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठकबाट बाहिरीएर मतदान प्रकृयामा सहभागी बनेनन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको